प्रधानमन्त्री देउवाले संसद सञ्चालन र एमसीसी अनुमोदन सम्बन्धी छलफल गर्न सर्वदलीय बैठक बोलाए ।

 


काठमाडौं, पौष ३ गते ।
प्रधानमन्त्री शेर बहादुर देउवाले अवरुद्ध संसद बैठक सञ्चालन र एमसीसी अनुमोदन सम्बन्धमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । एमालेको अबरोधका कारण संसद बैठक अबरुद्ध छ । त्यसैगरी एमसीसी सम्झौताको व्यापक विरोध भइरहेका बेला सरकार भने पारित गर्ने तयारीमा छ । अमेरिकाको निरन्तर दबाबका कारण सरकार यही अधिवेशनबाट उक्त सम्झौता पारित गर्ने तयारीमा छ । उक्त विषयका सम्बन्धमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएको विश्लेषण गरिएको छ । बैठक आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *