ब्राजिलद्वारा आफ्नो विदेश नीतिको अमेरिकी आलोचना अस्वीकार

 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ब्राजिलले युक्रेन सङ्कटको बारेमा “रुसी र चीनको बोली पछ्याएको” आरोप लगाएपछि ब्राजिलका विदेशमन्त्री माउरो भिइराले सोमबार ब्राजिलको विदेश नीतिको अमेरिकी आलोचनालाई खारेज गर्नु भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियोले राष्ट्रपति निवास अल्भोराडा दरबारमा आयोजित कार्यक्रममा पत्रकारको प्रश्नको जवाफमा दिदै, “म कत्ति पनि सहमत छैन। पटक्कै होइन। मलाई थाहा छैन कि उनी कसरी र किन यो निष्कर्षमा पुगे।” शनिबार पत्रकारहरूसँग कुरा गर्दै लुलाले युक्रेनलाई हतियार दिएर पश्चिमले युद्धलाई प्रोत्साहन गरिरहेको बताउँनु भएको छ । “संयुक्त राज्य अमेरिकाले युद्धलाई प्रोत्साहन दिन बन्द गर्नुपर्छ र शान्तिको कुरा गर्न थाल्नुपर्छ,” उहाँले भन्नुभयो।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *