–मिनराज बडु (नेसपा राजनीतिक समिति सदस्य तथा अध्यक्ष सु.प.)
धेरै जना यूवा साथीहरू सामन्तवाद र उसको चरीत्रको बारेमा प्रश्न गर्नु हुन्छ यसकारण यि दुई शब्द शारंशमा लेख्न मन लाग्यो । सामन्तवादी व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण भूमि जमिनदार बाट गरिन्छ । यो सामन्तहरूको कयौं श्रेणिहरु हुन्छन् । जसमा शीर्ष स्थानमा राजा हुने गर्छ । राजापछि विभिन्न ओहदामा सामन्तहरुकै आसेपासे परिवारका सदस्य हुने गर्छन् र सबैभन्दा निम्न स्तरमा किसान जनता र रैती दास हुन्छन् ।
यो व्यबस्थामा राजाको रक्षक, राजपरिवार र सामन्त प्रति अधीनस्थ मानिसहरूको मात्र संगठन हुन्छ । राजा समस्त भूमि तथा जमिन र प्राकृतिक साधन स्रोतको मालिक हुन्छ । उसको निजि चाहना बोलि, भाषा, धर्म, संस्कृति, रिति– रिवाज र भेषभुषा सबै त्यो राज्यमा बसोबास गर्ने सम्पुर्ण देशवासि अथवा राजाका रैती ( जनताका) साझा हुने गर्दछन । फलस्वरूप सामन्तगणहरु राजाका प्रति स्वभक्ति प्रस्तुत गर्द्छन ।
राजाको रक्षाको लागि सेना सु–सज्जित गर्ने काम सामन्तहरूको हुने गर्द्छ,। र त्यसको बदलामा दासहरु राजाबाट जमिन पाउँन्छन। भूमिको खरिद बिक्री अधिकार सामन्तहरु लाई मात्र हुन्छ । यदि रैतीमा क्षणिक आवेग र आग्रह देखिएमा उक्त आवेगलाई नष्ट गर्नको लागि जमिनलाई राज गुठी र देवगुठि घोषणा गरि भूमि प्रतिको अधिकार आफैमा केन्द्रित गर्द्छन ।
प्रारम्भीक समयमा सामन्तवादले स्थानीय सुरक्षा, कृषि तथा न्यायको समुचित व्यवस्था गरेर समाजको प्रशंसनीय सेवामा गरेको हुन्छ । कालान्तारमा व्यक्तिगत युद्ध एवं व्यक्तिगत स्वार्थ नै सामन्तहरूको उद्देश्य बन्दै जान्छ ।
साधन–सम्पन्न नयाँ शहरहरूको विकास, शिक्षा ,बारूद हातहतियारको आविष्कार,खरिद तथा स्थानीय राजभक्तिको स्थानमा राष्ट्रभक्तिको उदयको कारण सामन्त साशकको पतन हुन्छ । साधारण भाषामा भन्दा विकास समृद्धि राजनीतिक चेतनाद्वारा प्रशिक्षित श्रमजीवी जनताहरु नै सामन्तवादको वर्ग दुश्मन हो ।
तसर्थ सामन्तहरु जनतामा चेतना शिक्षा विकास र समृद्धि हुदा छट्पटीने गर्द्छन र जनताको शासनलाई अचेत , अशिक्षित बेरोजगार अराजक मानिसको सहारा बाट व्यवस्था प्रति घृणा फैकाउने काम गर्द्छन ।
धन्यवाद !!