तान्जानियाको उत्तरी जिल्ला कोरोग्वेमा ट्रक र मिनीबस एकआपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । टाँगाका क्षेत्रीय आयुक्त ओमरी मगुम्बाका अनुसार २६ जना मलामी सवार मिनी बस किलिमान्जारो क्षेत्रको मोशीतर्फ जाँदै गर्दा शुक्रबार राति दुर्घटना भएको थियो । गाडीलाई ओभरटेक गर्दा चालकले सावधानी नअपनाउँदा मिनीबससँग ट्रक ठोक्किएर दुर्घटना भएको मगुम्बाले बताउनुभयो । घाइतेमध्ये १० जनालाई उपचारका लागि टाँगा क्षेत्रीय सरकारी अस्पतालमा लगिएको छ भने दुई जनाको कोरोग्वे जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने मृतकको सनाखत भइसकेको छ ।