प्रधानमन्त्री अबिय अहमदले शुक्रबार विद्रोही टिग्रे पिपल्स लिबेरेसन फ्रन्टका नेताहरूसँग भेटघाट गर्नु भएको छ । सरकार र विद्रोही समूह बीच भएको युद्धविरामको तीन महिनापछि पहिलोपटक शुक्रबार भेटवार्ता भएको हो । दुई वर्ष लामो युद्ध विरामको अन्त्य भएको तीन महनापछि भएको वार्तालाई विशेष चासोपूर्वक हेरिएको छ । गत नोभेम्बरमा युद्धविराममा शान्ति पुनः स्थापना, सेवा क्षेत्रको सहज प्रवाह र मानवीय सहायतालाई सहज बनाउँने लगायतका विषय शान्ति सम्झौतामा उल्लेख गरिएका छन् । इथोपियन समाचार एजेन्सीका अनुसार प्रधानमन्त्रीले देशको दक्षिण-पश्चिम दउरो क्षेत्रमा विद्रोही समूहका प्रमुख नेताहरूसँग भेटवार्ता गर्नु भएको हो । सो अवसरमा दुवै पक्षले शान्ति सम्झौताका विभिन्न पाटो र यसको कार्यान्वयनका विषयमा छलफल गर्नु भएको बताइएको छ । विगत दुई वर्षदेखि जारी विद्रोहमा हजारौंले ज्यान गुमाएका थिए भने अत्यावश्यक मानवीय सहायता प्रवाह अवरुद्ध भएको थियो ।