जुम्ला, १७ मंसिर
पातारासीका १९ बालबालिकालाई शैशिक सामाग्री वितरण गरिएको छ । ३१औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा पातारासीका १९ जना अपांगता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
त्यस्तै पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना, सिबिएम र आइं एन.एफ नेपालको आर्थिक सहयोगमा विद्यालयमा सम्पूर्ण विद्यार्थीलाई पोसाक, कपी कलम, झोला दिइएको छ ।
अपांगता भएका बालबालिकाको अध्यापनमा सहजता ल्याउनका लागि आइएन एफले छात्रावृत्ति स्वरुपा शैक्षिक सामाग्री दिइको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।