दाङ- २ मा रेखा शर्माको अग्रता कायमै, १,८०९ मतले पोखरेल पछाडि

 

काठमाडौं, ६ मंसिर

दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले १८०९ मतान्तरसहित अग्रता कायम गरेकी छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा ८ हजार ६१६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ६ हजार ८०७ मत प्राप्त गरेका छन् ।

हाल यस क्षेत्रमा कूल २० हजार ६७८ मतगणना भएको छ । कूल १ लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार४४६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *