साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बाेहराकाे अग्रता

 

भैरहवा, ६ मंसिर ।

रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।

उनकाे निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले  चार हजार नाै सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेकाे क्षेत्र कांग्रेसकाे पकड मानिएकाे मायादेवी ७ र ८, तिलाेत्तमा १४, ओमसतिया २ मा पनि बाेहराले अग्रता कायम गरेका छन् ।

यसैगरि सियारी १ काे पनि मतगणना सकिएकाे छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकाेमा खाणकाे पक्षमा १९४१ र हलाेलाई १४३६ मत प्राप्त भएकाे थियाे ।

यता तिलत्ताेमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलाेमा १९३४ मत आएकाे छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलाेमा २२८६ मत प्राप्त भएकाे छ ।

यसरी अहिले दिउँसाे ४ बजे सम्मकाे मतगणना सकिँदा बाेहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । याेबीचमा एक हजार १४ मत बदर भएकाे छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री  बाेहरालाई एमाले  र जसपाकाे समर्थन रहेकाे छ । यता, गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमाेलगायतले समर्थन गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *