लोकपथसँगको सहकार्यमा निर्वाचनसम्बन्धि सम्पूर्ण अपडेट नेपाली पात्रोमा

 

काठमाडौं, २ मंसिर

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पलपलको ताजा अपडेट समेटिएको ‘आम निर्वाचन २०७९’ का लागि नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

जिनियस सिस्टम्स प्रालिद्वारा सञ्चालित नेपाली पात्रो र इन्की क्विल इन्टरनेशल प्रालिले सञ्चालन गरेको लोकपथ डटकमबीच शुक्रबार सहमति भएको हो ।

आम निर्वाचन २०७९ को प्रत्यक्ष तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउन जिनियस सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष देवकोटा र इन्की क्विलका अध्यक्ष रमेश जम्कटेलले सम्झैता पत्रमा संयुक्त हस्ताक्षर गरेका हुन् ।
लोकपथमा आगामी निर्वाचनको अपडेटलाई नेपाली पात्रोमा फिचर गर्ने उदेश्यले यो सहमति भएको जनाइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *