दक्षिण कोरियामा भागदौडमा मृत्युः विश्व नेताद्वारा शोक व्यक्त

 

एजेन्सी
सिउल, १३ कात्तिक

सियोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएपछि विश्व नेताहरूले शोक प्रकट गरेका छन् । राजधानीको साँघुरो गल्लीहरूमा हेलोवीन मनाइरहँदा हजारौंको सहभागी थियो । सहभागीमध्ये अधिकांश युवा र विद्यार्थी थिए ।

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जय शंकरले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै शोकमा परेको दक्षिण कोरियासँग भारतको ऐक्यबद्धता रहेको बताएका छन् ।

राजधानी सिउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको थियो ।
सयौँपसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख मानिसको भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *