सुनजस्तो धातुसहित रामेछापका किरणकुमार पक्राउ

 

काठमाडौं, २४ असोज

नेपाल प्रहरीले सुन जस्तो देखिने पहेलो धातुसहित एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातुको करिब ६० ग्राम तौलको औठी ३ थान र आईफोन मोबाईल २ थान पक्राउ गरेको हो  ।
प्रहरीका अनुसार सो सामाग्रीसहित बिमानस्थलवाट पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका–२ स्थायी वतन भएका ३६ वर्षीय किरण कुमार तामाङ हुन ।

हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातु र मोबाईल फेला पारी पक्राउ गरेको हो ।

उक्त धातु र मोबाईलसहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *