काठमाडौं, असोज २२ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि
उनको स्थास्थ्यमा समस्या आएको थियो । स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रपति भण्डारीलाई रुघाखोकी
र ज्वरो आएको छ । अस्पताल भर्ना गर्ने बित्तिकै उनको रगत परीक्षण गरिएको छ ।