काठमाडौं, असोज २१ गते ।
बाँकेको डुडुवा गाउँपालिकाको चौफेरी गाउँका ७५ घर परिवारलाई स्थानान्तरण गरिएको छ । अबिरल वर्षाका कारण राप्ती नदीमा आएको
बाढीको जोखिमका कारण उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । नदीमा आएको बाढी गाउँ पसेको छ । घरहरु डुबानमा
परेका छन् । प्रभावितहरुलाई नजिकैको आश्रयस्थलमा सारिएको छ । गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी र प्रहरीहरुले उद्धार कार्य
गरिरहेका छन् । चौफेरी गाउँका दर्जनौँ घरहरु पूर्ण रुपमा क्षति भएको प्रहरीले प्रारम्भिक रिपोर्ट गरेको छ । बाँकेको तल्लो तटीय क्षेत्रका करिब तीन सय घरहरु डुबानमा परेका छन् । पानी घरभित्र पसेका कारण अन्नपात र लत्ताकपडामा क्षति पुगेको बताइएको छ ।