वीरेन्द्रनगर जलमग्न भयो, सतर्कता अपनाउन प्रशासनको आग्रह

 

 

काठमाडौं, असोज २१ गते ।

अबिरल वर्षाका कारण वीरेन्द्रनगर जलमग्न भएको छ । विगत तीन दिनदेखि परेको वर्षा रोकिएको छैन । पछिल्ला दिनमा वीरेन्द्रनगर बजार जलमग्न हुँदै गएको छ । पानीको सतह बजारमा बढेसँग धनजनको क्षति हुने भय बढेको छ । खहरे खोलाहरुमा पानीको बहाव बढेसँगै

वीरेन्द्रनगर बजारमा जोखिम बढेको हो । स्थानीयहरु सुरक्षित स्थानमा जान थालेका छन् । नेवारे खोला र झुप्रै खोलामा पानीको बहाव बढेका कारण वीरेन्द्रनगर जलमग्न भएको हो । ती खोला छेउछाउमा रहेका स्थानीयहरुलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह

गरेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *