एमाले जसपा र राप्रपासँग ‘निर्णायक’ बार्तामा

 

काठमाडौं, २१ असोज

आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहदाँ नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तिव्रता दिएको छ ।

पाँच दलीय गठबन्धनमा आवद्ध जसपा नेपालसँग बिहिवार राती अबेरसम्म भएको बार्ता ‘निर्णायक अवस्था’मा पुगिरहेको बेला एमालेले आज अपरान्ह १ बजे राप्रपासँग पनि ‘निर्णायक’ बार्ता गर्दैछ ।

दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरी दुवै पक्षविच  निर्णायक वार्ता हुन लागेको हो । दुवै दलसँग यसअघि बिभिन्न चरणमा छलफल भएको र सम्भवतः शुक्रवार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई घनिभुत बनाईएको नेताहरुले जनाएका छन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *