चीनको प्रविधि विश्वव्यापी सुरक्षामा खतराः बेलायत

 

एजेन्सी
बेइजिङ, २६ असोज

चीनको प्रविधिको प्रयोग विश्वव्यापी सुरक्षाको लागि खतरा रहेको बेलायतको गुप्तचर निकायका प्रमुख जेर्मी फ्लेमिङले चेतावनी दिएका छन् । बेइजिङले स्वदेशमा असहमतिलाई दबाउन र विश्वभर आफ्नो प्रभाव फैलाउन नयाँ प्रविधिहरू प्रयोग गर्न चाहेको उनको भनाइ छ ।

फ्लेमिङका अनुसार चीनले प्रविधि हेरफेर गर्न डिजिटल मुद्राबाट उपग्रह प्रणालीमा आफ्नो वित्तीय र वैज्ञानिक शक्ति प्रयोग गरिरहेको छ । फ्लेमिङ गभर्मेन्ट कम्युनिकेसन हेडक्वाटर्स (जीसीएचक्यु) का प्रमुख हुन् ।

‘आफ्ना नागरिकहरूको क्षमतालाई समर्थन गर्ने र बाहिर निकाल्ने तरिकाहरू खोज्नुको सट्टा चीनले नागरिकलाई नियन्त्रण गर्ने अवसरहरू देख्छ’, फ्लेमिङले भनेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *