दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हरायो

 

काठमाडौं, २१ असोज

भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीबार राति वर्षा भएपछी खेल ४० ओभरमा झारिएको थियो । जितसंगै तीन खेलको शृंखलामा दक्षिण अफ़्रिकाले १-० को अग्रता बनाएको छ ।

२ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा समेटियो । भारतका सन्जु सामसनले अविजित ८६ रन बनाए ।  श्रेयस आयरले ५० रनको योगदान गरे । दक्षिण अफ्रीकाका लुंगी एनजीडीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनायो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित ७५ रन बनाए । हेनरिक क्लासेनले अविजित ७४ रनको योगदान गरे । भारतका सार्दुल ठाकुरले २ विकेट लिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *