अबिरल वर्षाका कारण राजमार्गहरु अवरुद्ध हुँदा दशैँका यात्रुहरुलाई सास्ती

 

काठमाडौं, असोज २१ गते ।

अबिरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् । पानी नरोकिएपछि सडकहरु झनै बिग्रिएका छन् । कतिपय ठाउँमा

अवरुद्ध सडक सुचारु गर्न खोजिएपनि पुनः अवरुद्ध भएका छन् । दशैँको टीका लगाउन जानेहरु बढी मर्कामा परेका छन् । दशैँमा आवतजावत

गर्नेहरु घण्टौँ सडकमा रोकिनु पर्दा सास्ती भएको छ । अविरल वर्षाले यात्रा बढी जोखिमपूर्ण भएको छ । मुग्लिन–नारायणगढी खण्डको

सडक दुई ठाउँमा अवरुद्ध भएको छ । सडकखण्डको केराबारी र १७ किलोमा पहिरो हटाइएपनि ढुंगा खस्ने क्रम रोकिएको छैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *