काठमाडौं, असोज २१ गते ।
अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा (डिभी) खुला गरेको छ । यहि असोज १९ गते बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला
गरिएको छ । कार्तिक २२ गतेसम्म आवेदन खुला रहनेछ । काठमाडौं स्थित अमेरिकी दूताबासले उक्त जानकारी गराएको हो । डीभीको
आवेदन निःशुल्क रुपमा भर्न सकिने दूताबासको सूचनामा उल्लेख छ ।