प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना 

 

काठमाडौं, १० असोज

बिहान मुलुकभर बदली छ । केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थाaनमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 राति प्रदेश १ र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *