राष्ट्रियसभाका अध्यक्षसँग साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेसका अध्यक्षको भेट

चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले पिपुल्स बिल्डिङमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्योगिक सहर साङ्घाईको... Read more »

झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन्

झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म... Read more »

नेपाल र युएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान युएई इच्छुक

नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ । आज यहाँ नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो... Read more »

अभिनेता खनालको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने

अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएको छ । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने तय भएको छ । अभिनेता... Read more »

भ्रष्टाचारकाविरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको विकास र समृद्धिका लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस... Read more »

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह दाङको बेलझुण्डीमा आज सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गर्नुभएको थियो । समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका... Read more »

म्याग्दीको अन्नपूर्ण पोखरेबगर घारखोला जलविद्युत् आयोजनाको विद्युत गृह

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा निर्माणको अन्तिम चरणमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह । म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको यो आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु भएको छ । तस्बिरः... Read more »

आँधीखोलाको तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल

  स्याङ्जाको गल्याङ नगरपालिका – ७ र८ जोड्न चिउरीस्थित आँधीखोला माथि बनेको तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल । तस्बिरः नारायण वि क / रासस Read more »

सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका स्थित पर्यटकीय स्थल नागिटार

  सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-३ स्थित पर्यटकीय स्थल नागिटार। एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »

व्यासक्षेत्र र व्यास पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल

  तनहुँको व्यास नगरपालिका–३ व्यासक्षेत्र र व्यास नगरपालिका–५ पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल । उक्त पुलले सर्वसाधारणलाई वारपार गर्न सहज भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »