सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति निरुत्साहित

मेची भन्सार कार्यालय काँकडभिट्टाले रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् । पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी,... Read more »

संवैधानिक निकायका सुझाव कार्यान्वयन गर्नुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संवैधानिक निकायले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन ग्रहण गर्दै उहाँले संवैधानिक निकायले... Read more »

सेनालाई कमजोर आँकलन गरिनुहुन्न : सांसद वामदेव गौतम

सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै... Read more »

ओरेन्टलमा एक लाखभन्दा कम बचत गर्नेलाई साउन १५ पछि रकम फिर्ता

ओरेन्टल को–अपरेटिभ लिमिटेडमा रु एक लाखभन्दा कम बचत गरेका बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका रु एक लाखभन्दा कम बचत भएकालाई साउन... Read more »

मलेरिया नदीको पुल निर्माणमा ढिलाइ, स्थानीयवासीलाई सास्ती

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया नदीमाथिको पक्की पुल निर्माणको काम कछुवा गतिमा भइरहेको छ । गौरीशङ्कर सामुदायिक वन नजिक मलेरिया नदीमा निर्माणाधीन पुलको काम छ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको... Read more »

छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता

बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले... Read more »

बूढीगण्डकी जलविद्युत् आयोजना : प्रधानमन्त्रीले बुधबार फिल्ड कार्यालय उद्घाटन गर्नुहुने

लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुहुने भएको छ । आयोजनाको वातावरण मुआब्जा वितरण,... Read more »

टिकटकप्रति अमेरिकी प्रहारः राष्ट्रिय सुरक्षामा जोखिम

अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने... Read more »

धनी र गरिबको विभाजनले ‘गरिबी समस्या’ थप बढ्दो : विश्व बैंक प्रमुख

विश्व बैंकका प्रमुख अजय बङ्गाले धनी र गरिब राष्ट्रबीचको बढ्दो विभाजनले विकासशील मुलुकमा गरिबी बढ्ने खतरा रहेको बताउनुभएको छ । विश्व बैंकका अध्यक्ष बङ्गाले प्रगतिको अभावमा विश्व अर्थतन्त्र टुक्रिने खतरा रहेको बताउनुभएको... Read more »

विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसङ्घ

उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) को विश्व तापमान... Read more »