गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

चितवन, ८ असोज : चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग... Read more »

ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

काठमाडौँ ८ असोज : काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरका प्रवक्ता... Read more »

जलेश्वर नगरपालिका–१२ स्थित नैन्ही स्वास्थ्यचौको बर्थिङ्ग सेन्टर गोठमा परिणत

जलेश्वर (महोत्तरी), ८ असोज: महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित नैन्ही स्वास्थ्यचौको बर्थिङ्ग सेन्टर गोठमा परिणत भएको छ । तीन महिनाअघि असार ३ गतेदेखि सञ्चालनमा आएको बर्थिङ्ग सेन्टरमा स्थानीयले गाई, भैंसी, बाख्रा लगायतका वस्तुभाऊहरु... Read more »

उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु

गाईघाट, (उदयपुर), ८ असोज : उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो... Read more »

कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्यसंस्था औषधिविहीन

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी... Read more »

मुख्यमन्त्री शर्माद्वारा आगलागी पीडितलाई राहत वितरण

मुगु, ८ असोज: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउनुभएको छ । मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको... Read more »

झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु

चितवन, ८ असोज : यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ । सो जग्गामा खेती लगाउन डोजर लगाइएको हो । भरतपुर महानगरपालिका– २ मा बाँझो... Read more »

बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ

सिमकोट, (हुम्ला) ८ असोजः साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगाँैडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ । अविरल वर्षाले बोक्चेगौँडा, सुनाखाडा,... Read more »

भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पूल मर्मत गर्न

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पूल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो । भारतीय पक्षले... Read more »

रामपुरमा टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

रामपुर (पाल्पा), ८ असोज : पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको सहजता लागि पालिकाको केन्द्रदेखि टाढा रहेका नागरिकलाई टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने नगरपालिकाले... Read more »