सडक स्तरोन्नतिले ल्यायो पश्चिम सुर्खेतवासी नागरिकमा खुसीयाली

सुर्खेत, २९ भदौ : पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र... Read more »

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २८ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिनुभयो । नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उहाँले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको सङ्घका... Read more »

तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

दमौली, २८ भदौ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले तीन वटा... Read more »

कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच

गण्डकी, २८ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल... Read more »

हरितालिका तीज नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको

दाङ, २८ भदौ : हरितालिका तीज नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको छ । यहाँका बजारमा विशेषगरी कपडा, चुरा, पोते, खाद्यन्न समान किनमेल गर्नेको बिहानैदेखिे भिड लाग्ने गरेको छ । तुलसीपुर बजारमा... Read more »

पर्वतमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको

पर्वत, २८ भदौ : पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ । चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार... Read more »

पक्की घर पाएपछि खुसी छन् विपतपुरका मुक्तकमैया

गोदावरी (कैलाली), २८ भदौ : कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन् । यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन् । आगलागीबाट घर नष्ट भएपछि... Read more »

जमुनाह नाकामा सीमापारी जाने उपभोक्ताको लर्को

राँझा (बाँके), २८ भदौ ः नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउदा भन्सार तिर्नुपर्ने गरी कडाइ... Read more »

परम्परागत संस्कृति संरक्षण गर्न मौलिक तीज गीत प्रतियोगिता

गल्याङ (स्याङ्जा), २८ भदौ : पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि स्याङ्जाको भिरकोट नगरपालिकाले एक अभियानको थालनी गरेको छ । तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि नगरपालिकाले परम्परागत संस्कृति... Read more »

बृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु

फुङ्लिङ (ताप्लेजुङ), २८ भदौ : बृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ । सो पदयात्रा गर्न विदेशी नागरिकले... Read more »