पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो

पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ... Read more »

चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको... Read more »

आईएमएफको समर्थन लिनु एक मात्र विकल्प रहेको श्रीलङ्काका राष्ट्रपतिको भनाइ

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काले अकल्पनीय आर्थिक कठिनाइको सामना गरिरहेको बताउनुभएको छ । यो सङ्कटबाट बाहिर निस्कने एकमात्र विकल्प अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोग लिनु रहेको उहाँले बताउनुभएको छ । विक्रमासिङ्घेले... Read more »

बेलायतले युक्रेनलाई दर्जनभन्दा बढी ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने

बेलायतले आगामी केही हप्तामा युक्रेनलाई १४ वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने भएको छ । बेलायतले युक्रेनको सहयोगका लागि दुई वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाइसकेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर... Read more »

अफगानिस्तानी आँधीबाट विस्थापित परिवार चिसोको मार खेप्दै

अफगानिस्तानको निमरोज प्रान्तमा भारी बर्षा र बालुवासहितको आँधीका कारण यहाँको सामान्य जनजीवन प्रभावित पारेको हजारौँ मानिसले कठिन परिस्थितिको सामना गर्नुपरेको टोलोन्यूजले जनाएको छ । आँधीबेहरीले पाल भत्काएको र चिसो मौसमका कारण आफूहरू... Read more »

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा चीनसँग कोरोनाको सूचनाबारे छलफल

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनले कोरोना महामारीको विषयमा सूचना उपलब्ध गराउन भन्नुभएको छ । उहाँले चिनियाँ स्वास्थ्य अधिकारीसँग शनिबार गर्नुभएको कुराकानीमा सो कुरा बताउनुभएको समाचारमा जनाइएको छ । चीनको राजधानी बेइजिङबाट प्राप्त... Read more »

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नगर्ने

एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् । पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एक... Read more »

चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा... Read more »

टेक्सासमा ७० भन्दाबढी कैदी भोक हडतालमा

अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दाबढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल शुरु गरेका छन् । टेक्सास ट्रिब्युनले शुक्रबार उल्लेख गरेअनुसार उनीहरूले भोकहड्ताल गरेको तिन दिन पुगेको बताइएको छ ।... Read more »

रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड

रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । रुस–युक्रेन वार्ताको वातावरण बनाउन पहल... Read more »