काठमाडौं, असोज १ गते ।
आजदेखि दशैँ, तिहार, छठ लगायतका चाडपर्वका लागि घर जान चाहनेहरुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । भदौ १८ गते
यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको थियो । लामो र छोटो दूरीका
सार्वजनिक यातायातका लागि टिकट बुकिङ खुला गरिएको हो । यात्रुहरुले अनलाइन बुकिङ पनि गर्न पाउनेछन् । यातायात व्यवस्था
विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरको सहकार्यमा अग्रिम टिकट बुकिङको नियन्त्रण र व्यवस्थापन गरिएको छ ।