काठमाडौं, भदौ २४ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने घुर्की दिन थालेका छन् । आफ्नो पार्टीलाई धेरै सिट चाहिने भन्दै उनले
घुर्की लगाएको बताइएको छ । जनता समाजवादी पार्टीले गठबन्धन छोड्ने बित्तिकै लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा
ल्याउने प्रधानमन्त्री देउवाले तयारी गरेका छन् । लोसपालाई गठबन्धनमा ल्याउने भएपछि उपेन्द्र यादव झस्किएका छन् ।