काठमाडौं, पौष ३ गते ।
संसारका सम्पूर्ण ईच्छा र लालसाहरु परित्याग गरेर निर्वाणको माध्यमबाट सबै किसिमका दुःखबाट छुटकारा पाउन सकिन्छ भन्ने अवैद्धिक दार्शनिक प्रणालीलाई बौद्ध दर्शन भनिन्छ । यो दर्शनको प्रतिपादन गौतम बुद्धले ईशापूर्व पाँचौँ शताब्दीमा प्रतिपादन गरेका हुन् । यो दर्शन वर्णवाद हिंशात्मक यज्ञका विरुद्ध समतामूलक र अहिंशात्मक मान्यतामा आधारित छ । यो दर्शन नेपालका प्राचीन दर्शनहरुमध्ये एक हो । शाक्यमूनी बुद्धद्वारा प्रतिपादित र संरक्षित यस दर्शनलाई विभिन्न बौद्धमार्गीहरुले झनै समृद्ध बनाएको पाइन्छ । यो दर्शनको प्रभाव लिच्छवीकालभन्दा अगाडि देखिनै परेको देखिन्छ । मगधका अशोक सम्राटले यो दर्शन विस्तारको लागि अभियाननै चलाएका थिए । छैटौँ र सातौ शताब्दीमा शंकराचार्यको अद्धैत वेदान्तसँगको संघषका कारण यो दर्शनले धक्का खानु प¥यो । नेपालमा यो दर्शनको प्रभाव बौद्धमार्गीहरुमा पर्याप्त परेको छ । बौद्ध दर्शनको प्रभाव आम नेपालीहरुमा स्वाभाविक रुपमा परेको पाइन्छ ।