भारतमा एकैदिन १ लाख ६१ हजार जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि ।

 


काठमाडौं, वैशाख १ गते ।

भारतमा हिजो एकैदिन १ लाख ६१ हजार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हिजो चौबिस घण्टामा मात्रै १ लाख ६१ हजार ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या कोरोना संक्रमण भएयताकै सबैभन्दा बढी संख्या हो । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमणको सख्या लाखभन्दा बढी छ । यो क्रम निरन्तर बढीरहेको छ ।

त्यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यापनि बढीरहेको छ । कोरोना संक्रमण शुरु भयएता १ लाख ७१ हजार ५८ हजार जनाको मृत्यु भइसकेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । गत आइतबार मात्रै ९०४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३६ लाखभन्दा बढी पुगेको छ । त्यसैगरी १० करोड ४५ लाख भन्दा बढीले खोप लगाएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *