काठमाडौँ, फागुन १४ गते ।
पारदर्शिता भनेको स्पष्ट रुपमा जानकारी गराउनु हो । सरोकारवालाहरुलाई यथार्थ जानकारी दिनु पारदर्शिता हो । पारदर्शिताले विश्वसनीयताको निर्माण गर्छ । विश्वसनीयता भएमा स्थिरता कायम हुन्छ । त्यहाँ कुनै अन्योलता हुँदैन । सरोकारवाला पक्षले कुनै शंका गर्दैनन् । त्यो भनेको सुशासनको आधार हो । पारदर्शिता सुशासनको आधार हो । सरकारले के काम गरेको हो त्यो जनतालाई थाहा हुनुपर्छ । जनताले थाहा पाउनुपर्छ । खर्च कसरी भएको हो त्यो थाहा पाउनुपर्छ । कुन कानुनको कार्यान्वयन मार्फत खर्च भएको हो स्पष्ट हुनुपर्छ । जे भएको हो त्यो जस्ताको तस्तै जनतालाई दिन सक्नुपर्छ । होइन भने त्यो भ्रष्टाचार हुन्छ । पारदर्शिता नहुनु भनेको भ्रष्टाचार हुनु हो । पारदर्शिताविना गरिएको काममा शंका पैदा हुन्छ । त्यो शंकाले लंका जलाउँछ । अनावश्यक समस्या पैदा हुन्छ । कुनै पनि देशमा सुशासन छ वा छैन् भनेर थाहा पाउन त्यहाँ पारदर्शिता कस्तो अवस्थामा छ भनेर थाहा पाउनुपर्छ ।
पारदर्शिता भनेको कानुनको सही कार्यान्वयन हो । जनताले जानकारी पाउने सूचनाको हकको कार्यान्वयन हुनु पारदर्शिता हो । जहाँ पारदर्शिता हुन्छ त्यहाँ सुशासन हुन्छ । सूचना लुकाउने जनता वा सरोकारवाला पक्षलाई जानकारी नदिइकन काम गरेमा त्यो सुशासन हुँदैन । त्यसैले पारदर्शितालाई सुशासनको एक प्रमुख आधार मानिन्छ । पारदर्शिताका लागि आधुनिक लेखा प्रणालीलाई कार्यान्वयन गरिनुपर्छ । सरोकारवालाहरुले बुझ्ने गरी जानकारी उपलब्ध हुनुपर्छ । संचार जगतलाई साथमा लिनुपर्छ । मिडिया मार्फत सूचना उपलब्ध गराउनु पर्छ । नीति कार्यान्वयनका लागि पारदर्शिता हुनुपर्छ । सरकारले सूचना लकाउँदा सरकारको प्रतिको विश्वसनीयता माथि नै प्रश्न चिन्ह खडा हुन्छ । सरकारले किन स्पष्ट जानकारी दिएको छैन भनेर प्रश्न उठ्छ । त्यसले जनतामा निराशा र आक्रोश पैदा गर्छ । पारदर्शिता नहुनु भनेको अराजकता हो । अराजकताले ठिक ठाउँमा लैजाँदैन । पारदर्शिता सरकारको मात्र विषय होइन । त्यो त संस्था र संगठनहरुमा पनि आवश्यक हुन्छ । लुकिछिपी गरिने कुनैपनि कामले परिणाम राम्रो दिँदैन । सुशासनको लागि पारदर्शितालाई जोड दिनुपर्छ ।