गोकर्णेश्वर नगरपालिकाद्वारा हेम्स हस्पिटलसङ्ग उपचार सम्झौंता सम्पन्न

 

रमेश खड्का

हस्पिटल फर एडभान्स् मेडिसिन-मेडिसिन एन्ड सर्जरी लिमिटेड( HAMS) र गाेकर्णेश्वर नगर पालिका वीच स्वास्थ्य उपचार सम्झाैता भएकाेछ।नेपालकाे प्रचलित कानुन वमाेजिम दर्ता भई १०० शैयाकाे बहु – विशेषज्ञ( Multispeciality) अस्पताल सेवा संचालन गर्दै आएकाे बुढानिलकण्ठ नगर पालिका-९,मन्डिखाटार,धुम्वाराही काठमान्डाै प्रधान कार्यलय रहेकाे संथा(HAMS) प्रथम पक्ष भनिएकाे । गाेकर्णेश्वर नगर पालिका,नगर कार्यपालिका-काे कार्यलय गाेकर्णेश्वर काठमान्डाै दाेश्राे पक्ष भनिएकाे निम्न सर्तहरुमा सम्झाैता भई याे सम्झाैता पत्र( MOU)मा दुबैपक्षले हस्ताक्षर गरि एक- एक प्रति लिने र दिनेकाम भएकाेछ।

१. प्रभावकारी मिति (Effective Date) याे सम्झाैता मिति-२०८३-४–१ गते श्रावण देखि लागू भई,मिति-२०८४- अषाढ मसान्त सम्म कायम रहनेछ।
2. सेवाहरु:(Services)- यश सम्झाैता अन्तर्गत प्रथम पक्षले दाेश्राे पक्षकाे सिफारिसका आधारमा गाेकर्णेश्वर नगरपालिका क्षेत्रभित्र स्थायी रुपमा वसाेवास गरिरहेका (गाेकर्णेश्वर नगर पालिका ठेगाना भएका,नागरिकता वा भाेटकार्ड भएका) वासिन्दा हरुकाे भर्नाभई उपचार तथा सल्यक्रिया गर्नुपरेमा, नगर पालिकाले उपचार कालागि उनुसूचि २का आधारमा सिफारिस गरि प्रथम पक्षकाे अस्पतालमा पठाउनेछ। स्वास्थ्य सेवा प्रदान गरे पस्चात प्रथम पक्षले निम्न अनुसार छुट प्रदान गर्नेछ:


क- IPD(In- patient department ) अस्पताल हातामा संचालन हुने प्याथाेलाेजी, ल्याव सेवाहरुमा,अस्पतालले विलमा १०% छुट( Out sourced services , Ambulance Charge, In patient pharmacy Bill, Implant,Divice,Single cabin Deiaxe and Suite Room, equipment तथा अस्पतालले निर्दिष्ट गरेका अन्य सेवाहरु वाहेक । ख- OPD(Out-patient department ) प्रयाेगशाला तथा परिक्षण सुल्ककाे विल रकम १०% छुट। ग- दाेश्राे पक्षले विमारीकाे कुल खर्चकाे ९०% साेधभर्ना अस्पताल लाई उपलब्ध गराउनेछ। घ-Cashless Medical Insurance भएका विमारी हरुमा माथि उल्लेखित छुट लागु हुनेछैन्।

सम्झाैताकाे कार्यक्रममा वरिष्ठ चीकित्सक डा. भाेला रिजाल, उप मेयर ज्यु लगायतका महानुभाव हरुकाे उपस्थिति थियाे।भने,गाेकर्णेश्वर नगर पालिकाका नागरिक हरुकाे स्वास्थ्य उपचार नपाएर अनाहकमा ज्यान नजाओस र उपचार गर्न नपाएर कसैलेपनि आत्माहत्या गर्नु नपराेस् भनेर नै पालिकाले नगरिककाे हितका पक्षमा याे एैतिहासिक स्वास्थ्य सम्झाैता गरेकाे कुरा पालिक मेयर दिपक कुमार रिसाल ज्युले वताउनु भयाे।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *