गोकर्णेश्वर नगरपालिकाद्वारा सडक विस्तारको लागि पच्चिस लाख विनियोजन

 

रमेश खड्का

गोकर्णेश्वर नगरपालिका वडा न.–४ स्थित गोकर्ण वाँधको पुर्व पट्टीको बाटोदेखि सुन्दरीजलसम्म जाने महत्वपूर्ण वैकल्पिक सडकको चौडाई विस्तार तथा निर्माण कार्य अगाडि वढेको छ । उक्त सडक लामो समयदेखि साँघुरो अवस्थामा थियो र सडकमा आवत–जावतमा निकै कठिन भइरहेको थयो । यो समस्या समाधानको लागि गोकर्णेश्वर नगरपालिकाले काठमाडौं उपत्यका विकास प्राधिकरण तथा नेपाल ट्रस्टलाई आवश्यक पत्रचार गर्नुका साथै नगरपालिकाले पटक–पटक बैठक बसेर निर्णय गरिकन काम अगाडि वढाएको छ ।

यस महत्वपूर्ण सडक निर्माणको लागि गोकर्णेश्वर नगरपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रुपैंया विनियोजन गरेको छ । यस सडक निर्माण तथा विस्तारको विषयमा निवर्तमान प्रतिनिधिसभा सदस्य एवं अर्थ समितिका सभापति आदरणीय सन्तोष चालिसेले समेत सदनमा पटक–पटक आवाज उठाउँदै आउनु भएको थियो । उहाँ लगायत यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा पालिकाका मेयर दिपक कुमार रिसालले हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।

यो सडक निर्माण सम्पन्न भएपछि गोकर्णेश्वर–४ सहित शुन्दरीजल क्षेत्रका स्थानीय जनता तथा समग्र नगरवासीलाई आवात–जावतमा सहजता हुनुको साथै महत्वपूर्ण वैकल्पिक मार्गका रुपमा विकास भएको पनि मेयर दिपक कुमार रिसालले वताउनु भएको छ । त्यसैगरी बिकास र समृद्धिको यात्रामा गोकर्णेश्वर नगरपालिका निरन्तर अगाडि बढिरहने विश्वास र प्रतिबद्धता पनि पालिका मेयर रिसालले व्यक्त गर्नुभयो ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *