गोकर्णेश्वर नगरपालिकाले आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउने

 

रमेश खड्का

गोकर्णेश्वर नगरपालिका वडा न.–५ मा यही मिति–२०८३/४/१६ गते राती अचानक आगलागी भएर लगभग १६ वटा सटरहरु जलेर नस्ट भएका छन् । नजिकैको काष्ठ कारखाना चैँ जोगिन सफल भएको छ ।

जलेको स्थानमा गोकर्णेश्वर नगरपालिका मेयर दिपककुमार रिसाल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । टोल सुधार समितिका अध्यक्ष घनस्याम प्रसाई, वडा सदस्यहरु लक्ष्मी पुडासैनी, कमला नेपाली, धर्मसिह लामा, नगर प्रहरीहरु तथा स्थानीयहरुको वाक्लै उपस्तिथि थियो ।

पालिका मेयर दिपककुमार रिसालले पीडित १२ परिवारकालागि तत्कालै के गर्न सकिन्छ, गर्ने र पालिकाले खान र वस्नकालागि राहत उपलब्ध गराउने कुराको जानकारी दिनु भएको छ । पालिकाले तुरुन्तै दमकल पठाई अरु थप क्षती हुनबाट रोकेको र मानवीय क्षती हुनवाट बँचेको कुरापनि जानकारी दिनुभयो ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *