दशैँ, तिहार र छठ पर्व लक्षित ४१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन शुरु

 

काठमाडौं, असोज १ गते ।

दशैँ, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन शुरु भएको छ । नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गएपछि सरकारले

उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर उपत्यका सहित देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उक्त

पसलहरु शनिबारबाटै सञ्चालनमा आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास

संस्थान मार्फत् सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । देशभरका ४१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *