३१ जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान   

काठमाडौं, १ असोज

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ ।

तालिम समापनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमको अवधिमा सिकेका विभिन्न ज्ञान, सीप र कौशललाई उपयोग गरी कार्यक्षेत्रमा गरिने काममा परिवर्तन तथा निखरता ल्याउन सकेमा मात्र तालिमको औचित्य पुष्टी हुने विचार व्यक्त गरेका थिए ।

यस्ता किसिमका तालिम प्रहरी हुँदा मात्र नभई अवकाशपछि पनि आफ्नो क्षेत्रमा हुने विपद्जन्य घटना न्यूनीकरण गर्न समेत अत्यन्तै महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक बाल नरसिंह राणाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले गत साउन ८ गतेदेखि सञ्चालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *