आजको पात्रो :
आज १ असोज २०७९, शनिबार । तद्नुसार १७ सेप्टेम्बर २०२२ । आश्विन कृष्णपक्ष सप्तमी, अष्टमी श्राद्ध, बब करण, रोहिणी नक्षत्र, व्रज योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज विश्वकर्मा दिवस हो । आज सबैले आफ्नो सवारी साधनको पूजा गर्ने गर्दछन् । सवारी साधन चलाउने व्यक्तिले आफ्नो सवारी साधनको पूजा आरधना गर्ने दिन हो । आज विहान सूर्योदय ५ः५० मा सूर्यास्त ६ः०७ मा हुनेछ । आजको देवता बरुण, ग्रहदेव चन्द्र रहेको छ । शनिवारको दिन नजिकैको पिपलको वृक्षमा जल अभिषेक गर्नुहोला । शनि दशा अलि कडा भएको हुनाले यसको उपासना गर्नु उत्तम हुनेछ । नवग्रहहरुमध्ये शनि ग्रह अलि बढी दुःख दिने ग्रह मानिन्छ । शनिवारको दिन फलामको सामानहरु खरिद र दान गर्दा उत्तम हुनेछ ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु उत्तम हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिएर मात्र हिडनु होला । शनिको जप गर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार फाइदा हुन्छ । तपाईको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थलाभ हुनेसक्ने छ त्यसैले सर्तक अप्नाउनुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य र अन्य कोही सदस्यसँग विवाद गर्दा पनि हानी हुनसक्छ । आजको दिन घर बाहिर निस्कनु यति लाभकारी हुनेछैन ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकले शनिबारको दिन विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला । शनिदेवको उपास्य गर्नु लाभदायी हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
तपाईको लागि आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । आजको दिन तपाईमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला । परिवारका साथ मिष्ठान भोजन गर्नु उत्तम हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट तपाईलाई सफलताप्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ । शिवालयको यात्रा गर्नु उत्तम हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । सूर्योदयको दर्शन गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला । विवाद हुने काम नगर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईमा सकारात्मक सोच आउने छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खाना र बस्त्र दान दिनुभयो भने तपाईको मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईलाई फाइदा हुनेछ । मौन रहनु तपाईको लागि शुभ हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । विहान पहिले सूर्योदयको दर्शन गनुहोला । गृहस्थ कर्ममा समय विताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । आजको दिन ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । आफ्नो काममा ध्यान दिनुहोला ।