लमजुङ प्रहरीद्वारा दुई जना लागूऔषध प्रयोगकर्ता पक्राउ

लमजुङ, २९ भदौ

लमजुङ प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । नारायणगढबाट बेंसीसहरतर्फ आउँदै गरेको माइक्रो बसमा १ सय ४१ एम्पुल लागूऔषधसहित ती युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रकाश श्रीमलका अनुसार सुन्दरबजार नगरपालिका ७ मा पर्ने लमजुङ प्रवेश गर्ने मुख्य नाका पाउँदीबाट बेसीसहर नगरपालिका १० का २१ वर्षीय सुमन तामाङ र मर्स्याङ्दी गाउँपालिका ८ का २३ वर्षीय दीपक गुरुङलाई पक्राउ गरेको हो ।

नारायणगढबाट मंगलबार साँझ बेंसीसहर आउँदै गरेका उनीहरू शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट डाइजेपाम एम्पुल–४७, फेनरगन एम्पुल–४७ र नुफिन एम्पुल–४७ गरी कूल १४१ एम्पुल लागूऔषध र ४ थान सिरिन्ज बरामद गरिएको प्रहरीले बताएको छ ।

पक्राउमा परेका सुमन तामाङ र दीपक गुरुङ उपर बुधबार लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा–१४ को उपदफा–१ (झ) बमोजिम लागूऔषध कारोबार गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाखसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *