सिन्धुपाल्चोकको ठुलोसिरुबारी बन्याे जिल्लाकै पहिलो बालमैत्री वडा

 

सिन्धुपाल्चोक, २९ भदौ  ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो ।

विभिन्न ५१ वटा सुचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाअध्यक्ष रामप्रसाद गौतमले बताए  । सबै सुचकमा न्युनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरिएको उल्लेख छ ।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ काे उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ मा पनि नगरका कम्तिमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हाे । ०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्याङ्क छ ।

वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविवाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बालमैत्री वडा घाेषाणा गरेका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *