काठमाडौं, भदौ २६ गते ।
आरोपित शिवराज श्रेष्ठले काठमाडौं आएर डिएनए टेष्टको लागि रगतको नमुना दिएका छन् । निहारिका राजपुतबाट जन्मेको बच्चासँग
डिएनए टेष्ट गर्न रगतको नमुना दिएका हुन् । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा रगतको नमुना दिएका छन् । आफूलाई जबजस्ती करणी
गरेर गर्भवती बनाएको र बच्चा जन्मको उनको आरोप छ । धनुषा जिल्ला अदालतले निहारिकाको विपक्षमा फैसला गरेको थियो ।
राजीखुशीमा यौन सम्बन्ध भएको र निहारिकाले शिवराजलाई पति स्वीकारेकाले जबर्जस्ती करणी भन्न नमिल्ने फैसला गरेको थियो ।
निहारिकाले उक्त फैसलामा चित्त नबुझाई उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी थिइन् । उनले काठमाडौँमा आएर अनसन पनि
बसेकी थिइन । त्यसैको दबाबमा परेर शिवराज डिएनए टेष्ट गर्न तयार भएका हुन् ।