रुसबाट १ हजार वर्ग किमी क्षेत्र रुसबाट फिर्ता गरिएको युक्रेनको दाबी

 

एजेन्सी
किभ, २५ भदौ

युक्रेनले गत हप्ता रुसबाट आफ्नो दक्षिण र पूर्वमा १,००० वर्ग किलोमिटर (३८५ वर्ग माइल) भन्दा बढी क्षेत्र रुसबाट फिर्ता लिएको जनाएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभ क्षेत्रमा ३० भन्दा बढी बस्ती मुक्त गरिएको  बताएका छन् ।

खार्किभ क्षेत्रमा रुसका शीर्ष कब्जा अधिकारीले युक्रेनी सेनाले “महत्वपूर्ण विजय“ जितेको स्वीकार गरे । भिटाली गान्चेभले रुसी टिभीलाई युक्रेनीहरूले रुसी रक्षा रेखा तोडेको बताए ।

उनले रुसी नियन्त्रणमा रहेको खार्किभको सबैभन्दा महत्वपूर्ण  सहरी केन्द्र कुपियान्स्क र अन्य दुई सहरबाट सर्वसाधारणलाई बाहिर निकालिएको बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *