काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा कांग्रेसले प्रतिनिधिसभाको सिट नछोड्ने ।

 

काठमाडौं, भदौ २५ गते ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा आगामी प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले सिट नछोड्ने भएको छ । गठबन्धनको सिट बाँडफाँटमा

आफ्नो पार्टीले सिट पाउनु पर्ने दाबी गरेको छ । कांग्रेसको जनाधार भएको उक्त क्षेत्रमा पटकपटक अरु पार्टीलाई भोट हाल्नु परेको उक्त

निर्वाचन क्षेत्रका पार्टीका नेता कार्यकर्ताहरुले गुनासो गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का कांग्रेसका सभापति मुकुन्द सिजालले

कुनै पनि हालतमा उक्त निर्वाचन क्षेत्र छोड्न नहुने बताएका छन् । पार्टीका नेता प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाई सकिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदावर कांग्रेसकै हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको छ । कांग्रेसका क्षेत्रीय समितिका नेता तथा

कार्यकर्ताहरु पटकपटक अरुलाई भोट हाल्नु परेकोमा आक्रोसित भएका छन् । उक्त निर्वाचन क्षेत्रमा अघिल्लो पटक कांग्रेसले राप्रपालाई

सघाएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *