राष्ट्रिय राजनीतिलाई सही ट्र्याकमा ल्याउने एनपी साउनको उद्घोष ।

धनगढी, २४ भदौ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले राष्ट्रिय राजनीतिलाई सही बाटोमा ल्याउन गठबन्धन गर्नु परेको बताएका छन् ।

अन्य दलले देशको राजनीतिक परिबेसलाई विगार्नथालेपछि त्यसलाई सुधार्ने जिम्मा कांग्रेसको काँधमा आएको उनी बताउँछन् । ‘राजनीतिलाई सही बाटोमा ल्याउन सबै दललाई मिलाएर लैजानुपर्ने बाध्यता रहेको छ,’ बिहीबार धनगढीमा आयोजित जनताको साथमा कांग्रेस कार्यक्रम अन्तरगत १०९औं बीपी जयन्ति कार्यक्रममा उनले भने, ‘त्यसैका लागि गठबन्धन गरेका हौं, यो अहिलेको आवश्यकता हो, संविधानको रक्षाका लागि गठबन्धन गरिएको हो ।’

उनले गठबन्धन बलियो भए मात्रै कांग्रेस पनि बलियो हुने बताए । ‘गठबन्धन निर्वाचनलाई लक्षित गरेर बनेको होइन,’ उनले भने, ‘सबै राजनीतिक दलाल एक ठाउँमा ल्याउन बनेको हो, नेपाली कांग्रेसले गठबन्धनको नेतृत्व गरेको मात्र हो ।’ उनले सबै दलको अस्तित्व कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए ।

‘नेकपा माओवादी, एमालेबाट फुटी स्थापना भएको अर्को दलसँगै स–साना दललाई समेटेर सबैलाई एक ढिक्का गर्न काँग्रेस लागिरहेको छ,’ उनले भने, ‘यसले देशको भविष्य समेत निर्माण गर्ने छ ।’

उनले काँग्रेस बलियो शक्ति भए पनि केही कमी कमजोरीका कारण देशभर कमजोर बन्ने गरेको बताए । ‘पहिलो कुरा त उम्मेदवार छनौट गर्दा कमजोरी हुन्छ,’ उनले भने, ‘दोस्रो म र मेराले पाउनुपर्छ भन्ने जस्ता कुराले काँग्रेसले जित्ने चुनाव पनि हार्नुपरेको छ, अबको निर्वाचनमा म, मेरा होइन योग्य र जित्ने व्यक्तिलाई उम्मेदवार बनाइने छ । काँग्रेस सबै एक भएर लागौं ।’

काँग्रेसको पहिलो चरणअन्तर्गत कैलाली क्षेत्र नम्बर १ बाट सुरु भएको सो अभियानको शुक्रबार कैलाली क्षेत्र नम्बर ५ मा क्षेत्रीय भेला आयोजना गरी समापन गरिएको थियो ।

कैलाली क्षेत्र नम्बर ५ का सभापति भीम पडालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, जीवन राना, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, प्रदेश समितिका कोषाध्यक्ष उत्तम कठायत, प्रदेश सदस्य डाक्टर मेराज आलम अन्सारी, रामबहादुर देउवा लगायतका महासमिति सदस्य, जिल्लाका पदाधिकारी, क्षेत्रीय पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

क्षेत्रीय उपसभापति सिताराम रानाले काँग्रेसभित्रको अन्तर्घात अन्त्य नभएसम्म बलियो मानिएको क्षेत्रमा पनि पराजय बेहोर्नुपर्ने अवस्था रहेको बताए । उनले कार्यक्रममा स्वागत गर्दै अबको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवालाई प्रतिनिधि सभामा विजयी गराउन आग्रह गरे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *