काठमाडौं, भदौ २४ गते ।
निर्वाचन आयोगले दशैभरका ७५३ स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश
सभाको निर्वाचनमा बदर मतको संख्या घटाउने उद्देश्यका साथ नमुना मतदान गराउन लागेको हो । त्यसका लागि नमुना मतपत्र पनि
छापिसकेको छ । आयोगका अनुसार प्रत्येक पालिकामा एक नमुना मतदान केन्द्र हुनेछ । एक पालिकाको लागि छ–सात सयको संख्यामा
मतपत्र छापिएको छ ।