काठमाडौं, भदौ २४ गते ।
काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छन् । भारी वर्षाका कारण सडक जलमग्न भएका छन् । नदीमा वहाव बढेको छ । नदी किनाराका
बस्तीमा जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
वागमती र यसका आसपासका अन्य नदी र खोलाहरुमा जल सतह बढेका कारण सर्बसाधारणमा सतर्कता अपनाउन महाशाखाले अनुरोध
गरेको हो । यस्तो बेलामा घरभित्रै अर्थात् सुरक्षित स्थानमा रहन भनिएको छ ।