नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिन राष्ट्रपतिलाई प्रचण्डको चेतावनी ।

 

काठमाडौं, भदौ २४ गते

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक पारित नगरे राजीनामा दिन

चेतावनी दिएका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

संसदले दोस्रोपटक प्रमाणीकरणको लागि पठाएको विधेयक प्रमाणीकरण नगरे यो विषय अदालतमा जाने समेत उनको भनाई रहेको छ । पोखरा विमानस्थलमा

पत्रकारहरुसँग कुराकानी गर्दै उनले उक्त भनाई राखेका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *