एमाले अध्यक्ष ओलीद्वारा लोसपासँग चुनावी तालमेल गर्न महन्थ ठाकुरसँग प्रस्ताव ।

 

काठमाडौँ, भदौ २४ गते ।

एमालेका अध्यक्ष केपी ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग चुनावी तालमेलका लागि कुराकानी गरेका छन् । आगामी निर्वाचनमा

पाँचदलीय गठबन्धनका कारण संकटमा परेका एमाले अध्यक्षले लोसपाको साथ खोजेका छन् ।

स्रोतका अनुसार एमालेले लोसपासँग चुनावी सहकार्य गर्न प्रस्ताव समेत पठाएको छ । लोसपा पनि चुनावी तालमेलका लागि तयार भएको

बताइएको छ । एमाले र लोसपाको कुनै गठबन्धन नभएका कारण उनीहरुबीच तालमेलको तयारी गरिएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *