सात ताइवानी अधिकारीमाथि चीनकाे प्रतिबन्ध

 

एजेन्सी
ताइपेय, ३१ साउन

चीनले ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको भन्दै सात ताइवानी अधिकारीलाई प्रतिबन्ध लगाएको छ । चिनियाँ सञ्चार माध्यमले उक्त जानकारी दिएका हुन् ।
यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । उनको भ्रमणले गलत सन्देश दिएको बेइजिङले बताउँदै आएको छ । चीनले ताइवानलाई आफ्नो महत्वपूर्ण क्षेत्र मान्दै आएको छ, जसलाई ताइपेयले अस्वीकार गर्दै आएको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले प्रतिबन्ध लगाएकामा वासिङ्टनका लागि ताइवानका राजदूत हसियाओ बि–खिम र ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का महासचिव वेलिंग्टन कु पनि छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *