ऐसेलुखर्क गाउँपालिकामा तीनजना गाउँ प्रहरी छनोट

 

खोटाङ, ३० साउन

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले तीन जनालाई गाउँ प्रहरी छनौट गरेको छ । गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेकामा कर्मचारी पदपूर्ति समितिको सोमबारको निर्णय अनुसार मिलन राय, साजन राई र नहेमियाँ राई गाउँ प्रहरीमा सिफारिस भएका हुन् ।

सिफारिसमा परेका उम्मेद्वारलाई ७ दिनभित्र नियुक्तिको लागि गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपुर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो । २१ असारसम्म दरखास्त म्याद दिइएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको थियो ।

ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवा सुविधा पाउनेगरी १४ फागुन २०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । तर कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको केही समयपछि पदपुर्ति गरिएको हो । हाल गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *