जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

 

काठमाडौं, ३० साउन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकहरूलाई जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाई जनताले सुविधाको अनुभुत गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । आजदेखि ललितपुरमा सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

कार्यक्रममा उनले जनप्रतिनिधिकै कामले पार्टीको लोकप्रियता बचाउने विश्वाश व्यक्त गर्दै आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको बताए । उनले भने, ‘स्थानीय तह निर्वाचनबाट हामी बलियो भएका छौं । अब हाम्रो ध्यान मंसिर ४ को संघीय र प्रदेश निर्वाचनमा छ । पहिलो पार्टी बन्छ भनेर हामी लाग्नुपर्छ, त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

२०७४ सालमा गठबन्धनसँग एक्लै लडेर पराजित भएको स्मरण गर्दै अहिले आफ्नै बलियो गठबन्धन रहेको बताए । उनले अब कति ठाउँमा जित्छौं भन्ने महत्त्वपूर्ण हुने र सोही अनुसार भेदभाव नगरी मिलाएर लैजाने बताए । उनले यसपटक गठबन्धन पनि लागु हुने र टिकट वितरण न्यायबद्ध हुने बताए । उनले भने, ‘कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस् ।’

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *