मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा

 

काठमाडौं, ३० साउन

मध्य भोटेकोशी जलविद्युत कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा भने नोक्सान कम भएको हो । अघिल्लो वर्ष ३ करोड ४७ लाख रुपैयाँ नोक्सानमा थियो । कम्पनीले ५ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरे पनि प्रशासनिक खर्चका कारण सञ्चालन नोक्सान ७ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

हाल मध्य भोटेकोशीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ । रिजर्भ कोष ३० करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यो कम्पनी चौथो त्रैमाससम्म प्रतिसेयर २६ पैसा नोक्सानमा छ । यसको प्रतिसेयर नेटवर्थ पनि ९४ रुपैयाँ ९५ पैसा रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *